दफा ५०
सम्पत्ति विवरण पेश गर्नु पर्ने
(१) उपाध्यक्ष तथा आयोगका सदस्यहरुले नियुक्ति वा मनोनयन भएको साठी दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र प्रचलित कानूनमा तोकिएको ढाँचामा शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयमा सम्पत्ति विवरण पेश गर्नु पर्नेछ।
तर प्रचलित कानून बमोजिम अन्य कुनै निकायमा सम्पत्ति विवरण पेश गर्नु पर्ने दायित्व भएका आयोगका सदस्यले यस दफा बमोजिमको बेग्लै सम्पत्ति विवरण पेश गर्नु पर्ने छैन।
(२) उपाध्यक्ष तथा सदस्यको सम्पत्ति विवरण शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ।